× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६४६२ संक्रमित थपिँदा ४ जनाको मृत्यु

    ३ वर्ष पहिले

    माघ-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख २३ हजार ३ सय ७ जना पुगेको छ ।

    २४ घण्टामा १३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५१ लाख २१ हजार ६ सय ६२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ६० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ८६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख २२ हजार ८२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७५ हजार ३ सय ७६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ६४ जना रहेको छ।

    २४ घण्टामा १ हजार ४ सय १६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख २१ हजार ६ सय ९९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.२९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ४९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय १५ जना र भेन्टिलेटरमा ४० जनाको उपचार भईरहेको छ।