३ वर्ष पहिले
माघ-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ३३ हजार ६ सय २६ जना पुगेको छ ।
२४ घण्टामा १६ हजार ६ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५१ लाख ३८ हजार ३ सय १६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ४ हजार ५ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ हजार २ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख २६ हजार ६ सय २९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८९ हजार ७ सय ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ७ सय ७१ जना रहेको छ।
२४ घण्टामा २ हजार ५ सय ४० जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख २४ हजार २ सय ३९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.७४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ४९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ३८ जना र भेन्टिलेटरमा ४३ जनाको उपचार भईरहेको छ।