× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १२००८ संक्रमित थपिँदा ८ जनाको मृत्यु

    ३ वर्ष पहिले

    माघ-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ४५ हजार ६ सय ३४ जना पुगेको छ ।

    २४ घण्टामा १८ हजार १ सय ३ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५१ लाख ५६ हजार ४ सय १९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ७ हजार ८ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ हजार ५ सय ७६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख २६ हजार ६ सय २९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८७ हजार १ सय १७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ८ सय १७ जना रहेको छ।

    २४ घण्टामा ३ हजार ४० जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख २७ हजार २ सय ७९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.११ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ४५ जना र भेन्टिलेटरमा ४४ जनाको उपचार भईरहेको छ।