× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुदुरपश्चिम, कर्णाली र लुम्बिनी लगायत अन्य प्रदेशको एक-दुई स्थानहरमा हल्का वर्षाको संभावना

    ३ वर्ष पहिले

    माघ-१२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण सुदुरपश्चिम, कर्णाली र लुम्बिनी लगायत अन्य प्रदेशको एक-दुई स्थानहरमा हल्का वर्षाको संभावना रहेको छ।

    हाल सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ। साथै सुदुर पश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भएको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

    यस्तै राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।