× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ८०१७ संक्रमित थपिँदा १५ जनाको मृत्यु

    ३ वर्ष पहिले

    माघ-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ६२ हजार १ सय ५ जना पुगेको छ ।

    २४ घण्टामा १५ हजार ७ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ८ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५१ लाख ८५ हजार ७ सय ४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ६ हजार ७२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ हजार २ सय १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ४७ हजार ३ सय १७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८८ हजार ६ सय ४२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ९ सय ३४ जना रहेको छ।

    २४ घण्टामा ५ हजार २ सय ९२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७८.८० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ४९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५७ जना र भेन्टिलेटरमा ४९ जनाको उपचार भईरहेको छ।