× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको विकट गाउँमा रहेको पामडाडा स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण

    ३ वर्ष पहिले

    माघ -१४, समाजसेवी कुमार श्रेष्ठको पहलमा चितवनको विकट गाउँमा रहेको पामडाँडा स्वास्थ्य चौकीलाई १ थान अक्सीजन कन्सनटेटर हस्तान्तरण गरिएको छ।

    नेपाल चाइना एक्जुकेटिभ काउन्सिल नामक संस्थाको सहयोग तथा मर्स्याङ्दी बहुउद्देश्य सहकारी संस्थाका कार्यलय प्रमुख एवं समाजसेवी कुमार श्रेष्ठको पहलमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ को विकट गाउँ पामडाडामा अवस्थित पामडाडा स्वास्थ्य चौकीलाई श्रेष्ठले उक्त स्वास्थ्य साम्रागी हस्तान्तरण गरेका हुन् ।

    अधिकतम चेपाङ वस्ती तथा जनजाती रहेको सो स्थानमा अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउनु नपरोस् भनि सो अक्सिजन कन्सनटेटरको लागि पहल गरिएको र नेपाल चाइना एक्जुकेटिभ काउन्सिलले सो स्वास्थ्य साम्रागी सहयोग गरेकोमा श्रेष्ठले संस्थालाई धन्यवाद दिनुभएको थियो।

    हस्तान्तरण कार्यक्रममा पामडाँडा स्वास्थ्य चौकीका प्रमुख चन्द्र बहादुर गुरुङ, समाजसेवी टिएन श्रेष्ठ,तारा गुरुङ लगायत स्थानीय समेत उपस्थिति रहेको थियो।