× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १७४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४१९५ पुग्यो

    ३ वर्ष पहिले

    माघ-१५, चितवनमा पछिल्लो २४ घण्टामा २ सय ११ जना कोरोना संक्रमित थपिएका छन् भने १सय १२ जना संक्रमित निको भएको छ। यस्तै कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ३ सय २८ जनाको पिसिआर परीक्षण १ सय २९ र १ सय १ एन्टिजन परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि भएका छ ।

    जसमध्ये भरतपुर महानगरपालिकाको १ सय १५, खैरहनी नगरपालिकाको ९, माडी नगरपालिकाको २३, रत्ननगर नगरपालिकाको १८, राप्ती नगरपालिकाको ६, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ९५ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ३ हजार ४१, खैरहनी नगरपालिकाको २ सय ८, माडी नगरपालिकाको १ सय ८६, रत्ननगर नगरपालिकाको ४ सय २१, राप्ती नगरपालिकाको १ सय ५७, कालिका नगरपालिकाको १ सय १४ र ईच्छाकामना गाउँपालिकाको ६३ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३९ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ४ हजार १ सय ५६ जना घरको आइसोलेसनमा रहेका छन्।