× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना

    ३ वर्ष पहिले

    माघ-१६,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकोले हाल पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ।

    आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

    यस्तै राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।देशको उच्च पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।