× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुने बढी, सक्रिय संक्रमितको संख्या ४०४३

    ३ वर्ष पहिले

    माघ-१६, चितवनमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको छ ।जसमा ४७ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ९९ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा २ सय २० जनाको पिसिआर परीक्षण ४७ जनामा कोरोना पुष्टि भएका छ ।

    जसमध्ये भरतपुर महानगरपालिकाको ३९, खैरहनी नगरपालिकाको १, माडी नगरपालिकाको शुन्य, रत्ननगर नगरपालिकाको ५, राप्ती नगरपालिकाको १, कालिका नगरपालिकाको १ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा ४७ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार ४३ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ९ सय १७, खैरहनी नगरपालिकाको २ सय ९, माडी नगरपालिकाको १ सय ८६, रत्ननगर नगरपालिकाको ४ सय १२, राप्ती नगरपालिकाको १ सय ५३, कालिका नगरपालिकाको १ सय ११ र ईच्छाकामना गाउँपालिकाको ५५ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ४ हजार ५ जना घरको आइसोलेसनमा रहेका छन्।