× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या २६७, सक्रिय संक्रमितको संख्या ४२५०

    ३ वर्ष पहिले

    माघ-१७, चितवनमा पछिल्लो २४ घण्टामा २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् भने ६० जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ८ सय १५ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८ जना र १ सय ४२ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएका छ ।

    जसमध्ये भरतपुर महानगरपालिकाको १ सय ७५, खैरहनी नगरपालिकाको १६, माडी नगरपालिकाको १५, रत्ननगर नगरपालिकाको ४३, राप्ती नगरपालिकाको ७, कालिका नगरपालिकाको ८ र ईच्छाकामना गाउँपालिकाको ३ जना गरी जम्मा २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ५० जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ३ हजार ५३, खैरहनी नगरपालिकाको २ सय २०, माडी नगरपालिकाको १ सय ९८, रत्ननगर नगरपालिकाको ४ सय ५१, राप्ती नगरपालिकाको १ सय ५५, कालिका नगरपालिकाको १ सय १४ र ईच्छाकामना गाउँपालिकाको ५९ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ४ हजार २ सय १२ जना घरको आइसोलेसनमा रहेका छन्।