× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १८८, सक्रिय संक्रमितको संख्या ४२३८

    ३ वर्ष पहिले

    माघ-१८, चितवनमा पछिल्लो २४ घण्टामा १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् भने २ सय जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ५ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५५ जना र ७१ जनको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएका छ ।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको १ सय १२, खैरहनी नगरपालिकाको ११, माडी नगरपालिकाको १२, रत्ननगर नगरपालिकाको ३५, राप्ती नगरपालिकाको १२, कालिका नगरपालिकाको ६ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३८ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ९ सय ८, खैरहनी नगरपालिकाको २ सय ३१, माडी नगरपालिकाको २ सय ९८, रत्ननगर नगरपालिकाको ४ सय ८०, राप्ती नगरपालिकाको १ सय ६५, कालिका नगरपालिकाको १ सय १२ र ईच्छाकामना गाउँपालिकाको ५६ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४३ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ४ हजार १ सय ९५ जना घरको आइसोलेसनमा रहेका छन्।