× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अधिकांश प्रदेशमा मेघ गर्जन/चटयाङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

    ३ वर्ष पहिले

    माघ-२०,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी वायुको प्रभावका कारण अधिकांश प्रदेशमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रदेश न १ वागमती र गण्डकी प्रदेशमा सामान्य वदली र अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही देशका तराई भुभागमा आंशिक वदली रहेको छ।

    आज दिउँसो सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र वागमती प्रदेशमा सामान्य वदली रही अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ ।

    सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

    सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु अनुरोध गरेको छ।