× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १३५, सक्रिय संक्रमितको संख्या ३८६५

    ३ वर्ष पहिले

    माघ-२१, चितवनमा पछिल्लो २४ घण्टामा १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् भने ३ सय ४७ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६ जनाको पिसिआर परीक्षण गर्दा १ सय १५ जना र ६५ जनको एन्टिजेन परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएका छ ।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ६९, खैरहनी नगरपालिकाको १४, माडी नगरपालिकाको १४, रत्ननगर नगरपालिकाको ३१, राप्ती नगरपालिकाको ४, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ६५ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ६ सय, खैरहनी नगरपालिकाको २ सय १८, माडी नगरपालिकाको २ सय २५, रत्ननगर नगरपालिकाको ५ सय ३, राप्ती नगरपालिकाको १ सय ६८, कालिका नगरपालिकाको १ सय १ र ईच्छाकामना गाउँपालिकाको ५० जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३९ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ हजार ८ सय २६ जना घरको आइसोलेसनमा रहेका छन्।