× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६६, सक्रिय संक्रमितको संख्या ३४४३

    ३ वर्ष पहिले

    माघ-२२, चितवनमा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् भने ४ सय ८८ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ४५ जना र ३५ जनको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएका छ ।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ३७, खैरहनी नगरपालिकाको ६, माडी नगरपालिकाको १३, रत्ननगर नगरपालिकाको ८, राप्ती नगरपालिकाको १, कालिका नगरपालिकाको शून्य र ईच्छाकामना गाउँपालिकाको १ जना गरी जम्मा ६६ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ४३ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार २ सय ६३, खैरहनी नगरपालिकाको २ सय १३, माडी नगरपालिकाको २ सय १८, रत्ननगर नगरपालिकाको ४ सय ५७, राप्ती नगरपालिकाको १ सय ५१, कालिका नगरपालिकाको ९६ र ईच्छाकामना गाउँपालिकाको ४५ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३७ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ हजार ४ सय ४३ जना घरको आइसोलेसनमा रहेका छन्।