३ वर्ष पहिले
माघ-२३, भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमले जनाएका अनुसार आज बिहान ८:१२ निधन भएको हो ।
केही दिनअघि उनलाई कोरोनाभाइरसको संक्रमण भएको थियो। त्यसपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको थियो। ब्रीच अस्पतालमा उपचारका क्रममै उनको निधन भएको हो।