× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ट्रक ड्राइभरहरूको प्रर्दशन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा

    ३ वर्ष पहिले

    माघ-२४, ट्रक ड्राइभरहरूलाई कोभिड- १९ विरुद्ध अनिवार्य खोपको नियम लागू गरेपछि त्यसको विरुद्धमा ट्रक ड्राइभरहरूको प्रर्दशन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ।

    ओटावामा प्रदर्शनकारीहरूको संख्या प्रहरीभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।सहरको अवस्था नियन्त्रणबाहिर गएको र प्रदर्शनका कारण नगरवासीहरूको सुरक्षामा खतरा उत्पन्न भएको ओटावाका मेयर जिम वाटसनलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

    ट्रक ड्राइभरहरूले राजधानीको केन्द्रमा ट्रक तेर्स्याएका र टेन्ट लगाएका कारण सडक अवरुद्ध भएको जनाइएको छ।ट्रक ड्राइभरहरूले पछिल्लो एक सातादेखि ओटावामा प्रदर्शन गरिरहेका छन्।