× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १५०७ संक्रमित थपिए, निको हुनेको संख्या ६१४६

    ३ वर्ष पहिले

    माघ-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २ हजार २ सय ५९ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ८ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ८३ हजार ३ सय ७२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ४ सय ९१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ९५ हजार ३ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३८ हजार ८ सय ८३ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २ सय २८ जना रहेको छ।

    २४ घण्टामा ६ हजार १ सय ४६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख १५ हजार ४ सय ८९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८३.०५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५५ जना र भेन्टिलेटरमा ४२ जनाको उपचार भईरहेको छ।