× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १९५७ संक्रमित थपिए, निको हुनेको संख्या ५१०३

    ३ वर्ष पहिले

    माघ-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४ हजार २ सय १६ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ५ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ८४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ९१ हजार ९ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार १ सय ५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ९९ हजार ४ सय ८१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३४ हजार ९ सय ८३ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ९८ जना रहेको छ।

    २४ घण्टामा ५ हजार १ सय ३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख २० हजार ५ सय ९२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८३.३३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ४९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५६ जना र भेन्टिलेटरमा ३८ जनाको उपचार भईरहेको छ।