× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वैशाख ९ देखि एसईई हुने

    ३ वर्ष पहिले

    माघ-२६, माध्यामिक शिक्षा परीक्षा (एसईई) ९ वैशाखबाट सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

    स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएको छ ।

    परीक्षाको समयतालिका भने भोलि गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले तयारी गरेको छ।