× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रसिद्ध मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने

    ३ वर्ष पहिले

    माघ-२६,कोभिडका कारण बन्द रहेको गोरखाको प्रसिद्ध मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ ।

    जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार सम्पन्न वैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यसअघि बन्द गरिएका विद्यालय, कलेज, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने निर्णय गरेको छ ।

    कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते भक्तजनलाई मन्दिर ढोकामा प्रवेश रोक लगाएको थियो । यो अवधिमा पूजा गर्न आएका भक्तजनहरु मन्दिर बाहिरबाट नै दर्शन गरेर फर्काउने गरेको थियो ।

    डिसीएमसीकै निर्णयका आधारमा मनकामना क्षेत्र विकास समितिको वैठक बोलाई फागुन १ गतेदेखि मन्दिर खुलाउने निर्णय गर्ने तयारीमा रहेको समितिका सदस्य दिनेश जोशीले बताए ।

    समितिका सदस्य जोशीका अनुसार मन्दिर खुलाउने निर्णय भएपनि मन्दिर पुनर्निर्माण पश्चात दर्शनार्थीहरुले ढोकाबाट नै पुजा गर्ने ब्यवस्था अनुरुप नै सो नियमको निरन्तरता हुनेछ। जसले गर्दा मन्दिर भित्र पसेर पुजा गर्न भने पाउने छैनन।

    कोभिड जोखिम रहेता पनि मनकामना केवलकार भने नियमित संचालनमा रहेका छन् । मनकामनाका स्थानीयहरु आउजाउ गर्न र मन्दिरबाहिरबाट पुजापाठ गर्ने भक्तजनको सजिलोका लागि केबलकार नियमित रुपमा संचालन गरिरहेको मनकामना केवलकार प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताएका छन् ।