× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १३६९ संक्रमित थपिए, निको हुनेको संख्या २२३८

    ३ वर्ष पहिले

    माघ-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ७ हजार ९ सय ८७ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८ सय ८० जनाको पिसिआर परीक्षण गर्दा १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख १२ हजार ४ सय १२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ७ हजार २ सय ३४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २७ हजार ९ सय ३० रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ७४ जना रहेको छ।

    २४ घण्टामा २ हजार २ सय ३८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ३० हजार ६ सय ७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८३.९९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १२ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ६४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २५ जना र भेन्टिलेटरमा ३२ जनाको उपचार भईरहेको छ।