× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा २४ संक्रमित थपिए,निको हुनेको संख्या २१०

    ३ वर्ष पहिले

    माघ-२९, चितवनमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिदा २ सय १० जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा २२ जना र ३३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको १६, खैरहनी नगरपालिकाको ३, माडी नगरपालिकाको शुन्य, रत्ननगर नगरपालिकाको ४, राप्ती नगरपालिकाको शुन्य, कालिका नगरपालिकाको १ र ईच्छाकामना गाउँपालिकाको शुन्यगरि जम्मा २४ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय १६ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ८ सय ६३,खैरहनी नगरपालिकाको ९०, माडी नगरपालिकाको १ सय ४०, रत्ननगर नगरपालिकाको २ सय २०, राप्ती नगरपालिकाको ५९, कालिका नगरपालिकाको ३५ र ईच्छाकामना गाउँपालिकाको ९ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २९ जना विभिन्न अस्पतालको आइसोलेसनमा र १ हजार ३ सय ८७ जना घरको आइसोलेसनमा रहेका छन्।