× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ८३६ संक्रमित थपिए, निको हुनेको संख्या १८२६

    ३ वर्ष पहिले

    माघ-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ९ हजार ९ सय ५० जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार २ सय ६० जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ३४ हजार १ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ३ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ४५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख १३ हजार १ सय ७० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय २ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २५ हजार १ सय ४१ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ सय ६१ जना रहेको छ।

    २४ घण्टामा १ हजार ८ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.२० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय जना र भेन्टिलेटरमा ३४ जनाको उपचार भईरहेको छ।