× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही र तराईमा हुस्सु कुहिरो

    ३ वर्ष पहिले

    फागुन-१, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभावका कारण पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईमा हुस्सु कुहिरो लाग्ने जनाएको छ।

    प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।

    आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।