× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५२१ संक्रमित थपिए, निको हुनेको संख्या ३९३५

    ३ वर्ष पहिले

    फागुन-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १० हजार ४ सय ७१ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ३ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ४ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ४० हजार १ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ७८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख १७ हजार २ सय ४८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २१ हजार ६ सय ९२ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ९२ जना रहेको छ।

    २४ घण्टामा ३ हजार ९ सय ३५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ३८ हजार ५ सय ८३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.५२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १० जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ८१ जना र भेन्टिलेटरमा ३३ जनाको उपचार भईरहेको छ।