३ वर्ष पहिले
फागुन-३,चितवनमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिदा १ सय ८८ जना संक्रमित निको भएको छ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा २२ जना र ८ जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य कोरोना पुष्टि भएका छन्।
कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको १६, खैरहनी नगरपालिकाको १, माडी नगरपालिकाको शुन्य, रत्ननगर नगरपालिकाको ५, राप्ती नगरपालिकाको शुन्य, कालिका नगरपालिकाको शुन्य र ईच्छाकामना गाउँपालिकाको शुन्य गरि जम्मा २२ जना कोरोना संक्रमित थपिएका छन्।
चितवनमा सक्रिय संक्रमितको संख्या ७ सय ८६ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ४ सय ४७,खैरहनी नगरपालिकाको ६०, माडी नगरपालिकाको ९०, रत्ननगर नगरपालिकाको १ सय २९, राप्ती नगरपालिकाको ३५, कालिका नगरपालिकाको २१ र ईच्छाकामना गाउँपालिकाको ४ जना रहेका छन्।
सक्रिय संक्रमित मध्ये २४ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ७ सय ६० जना घरको आइसोलेसनमा रहेका छन्।