× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६८० संक्रमित थपिए, निको हुनेको संख्या १८३५

    ३ वर्ष पहिले

    फागुन-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ११ हजार ८ सय ९८ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार २ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ५० हजार ७ सय २१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ८ सय ३९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख २२ हजार ५ सय ४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४ सय रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १८ हजार ६ सय ४३ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ५७ जना रहेको छ।

    २४ घण्टामा १ हजार ८ सय ३५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ४२ हजार ७ सय ३७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.७८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ७४ जना र भेन्टिलेटरमा ३३ जनाको उपचार भईरहेको छ।