× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा बन्दका आंशिक प्रभाव

    ३ वर्ष पहिले

    फागुन-४, अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा विभिन्न ६ दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण चितवनमा आंशिक प्रभाव परेको छ ।

    बन्दका कारण जिल्लाको मुख्य बजार नारायणगढ, टाँडी, पर्सा, भण्डारा, मुग्लिन लगायतका क्षेत्रमा बजार आंशिकरुपमा खुलेका छन् ।

    स्थानीय रुटमा चल्ने सवारी साधन सञ्चालन भएका छैनन् । तर, मालबहाक सवारी तथा लामो दुरीका सवारी साधनहरु निर्वाध सञ्चालनमा छन् ।

    नारायणगढमा नाराबाजी गर्दै

    बन्द कर्ताहरु नारायणगढको लायन्स चोक र पुलचोकमा एमसीसीको विरोधमा नाराबाजी गरिरहेका छन् ।बन्दको पूर्वसन्ध्यामा हिजो साँझ नारायणगढमा मसाल जुलुस समेत निकालिएको थियो ।

    मुग्लिनमा निर्वाध रुपमा सवारी साधन सञ्चालन

    एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेका नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् । नेपाल सरकारले आज संसदमा एमसिसी टेबल गर्ने तयारी गरेको छ ।