× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चर्चित प्राङ्कस्टर आकाश सेढाइँ पक्राउ

    ३ वर्ष पहिले

    फागुन-४, नेपाल प्रहरीको साइबर ब्यूरोले चर्चित प्राङ्कस्टर आकाश सेढाइँलाई पक्राउ गरेको छ ।

    प्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्यूरोले पक्राउ गरेको एसएसपी नविन्द अर्यालले बताए ।

    झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्राङ्क भिडियो बनाउँदै आएका थिए । उनी नेपालका सबैभन्दा पुरानो प्राङ्कस्टरमध्येमा पर्छन् ।

    मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्राङ्क भिडियो नबनाउन’ चेतावनी दिइएको थियो ।

    एसएसपी अर्यालका अनुसार जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय अपराध ऐन, २०६३ अनुसार सेढाइँविरुद्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।