× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा १७ थपिए

    ३ वर्ष पहिले

    फागुन-४,चितवनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ।पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमित थपिदा १ सय ९३ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा

    ४ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा १५ जना र २७ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ११,

    खैरहनी नगरपालिकाको शुन्य, माडी नगरपालिकाको २, रत्ननगर नगरपालिकाको ४, राप्ती नगरपालिका,कालिका नगरपालिक र ईच्छाकामना गाउँपालिकाको शुन्य गरि जम्मा १७ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य ६ सय १३ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ३ सय ५०,खैरहनी नगरपालिकाको ४६, माडी नगरपालिकाको ७७, रत्ननगर नगरपालिकाको ९७, राप्ती नगरपालिकाको २१, कालिका नगरपालिकाको १९ र ईच्छाकामना गाउँपालिकाको ३ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २२ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ५ सय ९१ जना घरको आइसोलेसनमा रहेका छन