३ वर्ष पहिले
फागुन-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १२ हजार ५ सय ३७ जना पुगेको छ ।
२४ घण्टामा ६ हजार ७ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ५७ हजार ५ सय ३ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ९ सय ७४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख २५ हजार ४ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ५१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १७ हजार ५ सय ८० रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ७१ जना रहेको छ।
२४ घण्टामा १ हजार ६ सय जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ३७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.८८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ५६ जना र भेन्टिलेटरमा २६ जनाको उपचार भईरहेको छ।