× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५ सय ७० संक्रमित थपिए, निको हुनेको संख्या १९९३

    ३ वर्ष पहिले

    फागुन-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १३ हजार १ सय ७ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ६४ हजार ५ सय ३१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ७ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख २८ हजार २ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १५ हजार ९ सय ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ६९ जना रहेको छ।

    २४ घण्टामा १ हजार ९ सय ९३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ३७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ६ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ११ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ५१ जना र भेन्टिलेटरमा २६ जनाको उपचार भईरहेको छ।