× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १० संक्रमित थपियो, निको हुने संख्या ६४

    ३ वर्ष पहिले

    फागुन-७, चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिदा ६४ जना संक्रमित निको भएको छ भने १ संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा २ सय६२ जनाको पिसिआर परीक्षण गर्दा ७ जना र २६ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको ८,खैरहनी नगरपालिकाको १ जना, माडी नगरपालिका र रत्ननगर नगरपालिकाको शुन्य, राप्तीको १ जना, कालिका नगरपालिक र ईच्छाकामना गाउँपालिकाको शुन्य गरि जम्मा १० जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य ४ सय जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ सय ३७,खैरहनी नगरपालिकाको २६, माडी नगरपालिकाको ४६, रत्ननगर नगरपालिकाको ५७, राप्ती नगरपालिकाको १४, कालिका नगरपालिकाको १८ र ईच्छाकामना गाउँपालिकाको २ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २० जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ सय ८० जना घरको आइसोलेसनमा रहेका छन।