× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३ सय ५० संक्रमित थपिए, निको हुनेको संख्या १२७२

    ३ वर्ष पहिले

    फागुन-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १३ हजार ८ सय ९४ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ७३ हजार २ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ३५ हजार ७ सय ५५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३ सय ५७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १२ हजार ८ सय २८ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय २९ जना रहेको छ।

    २४ घण्टामा १ हजार २ सय ७२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.२९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय १७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ४२ जना र भेन्टिलेटरमा १७ जनाको उपचार भईरहेको छ।