× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा शुन्य संक्रमित, सक्रिय संक्रमितको संख्या ३८८

    ३ वर्ष पहिले

    फागुन-८, चितवनमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित शुन्य रहँदा १२ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १ सय ११ जनाको पिसिआर परीक्षण गर्दा सबैमा नेगेटिभ रिपोर्ट आएको हो।

    चितवनमा सक्रिय संक्रमितको संख्य ३ सय ८८ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ सय २८,खैरहनी नगरपालिकाको २६, माडी नगरपालिकाको ४५, रत्ननगर नगरपालिकाको ५६, राप्ती नगरपालिकाको १४, कालिका नगरपालिकाको १७ र ईच्छाकामना गाउँपालिकाको २ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये १५ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ सय ७३ जना घरको आइसोलेसनमा रहेका छन।