× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी माथि रबरको गोली प्रहार

    ३ वर्ष पहिले

    फागुन-८, एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली प्रहार गरेको छ। काठमाडौंको बिजुलीबजारमा प्रहरीले रबरको गोली प्रहार गरेको हो।

    बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।

    प्रहरीमाथि निरन्तर आक्रमण हुन थालेपछि प्रतिरक्षाका लागि रबरको गोली प्रहार गरेको प्रहरीले जनाएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले आइतबार सयौं आश्रुग्याँस प्रहार गरेको थियो।