× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १९ संक्रमित थपियो, निको हुने संख्या ६५

    ३ वर्ष पहिले

    फागुन-९, चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिदा ६५ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ४ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १७ जना र ३३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको १५,खैरहनी र माडी नगरपालिका शुन्य, रत्ननगर नगरपालिकाको १ जना, राप्तीको शुन्य , कालिका नगरपालिक ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरि जम्मा १७ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य ३ सय ४१ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ सय ६,खैरहनी नगरपालिकाको २५, माडी नगरपालिकाको ३५, रत्ननगर नगरपालिकाको ४६, राप्ती नगरपालिकाको ११, कालिका नगरपालिकाको १६ र ईच्छाकामना गाउँपालिकाको २ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये १५ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ३ सय २६ जना घरको आइसोलेसनमा रहेका छन।