× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३ सय १२ संक्रमित थपिए, निको हुनेको संख्या ९११

    ३ वर्ष पहिले

    फागुन-११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १५ हजार ३३ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार १ सय ३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५३ लाख ९६ हजार ७ सय ६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ९० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ४८ हजार ३ सय २७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ७ सय ६३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ८९ जना रहेको छ।

    २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५४ हजार ३ सय ४१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ५ जना र भेन्टिलेटरमा १९ जनाको उपचार भईरहेको छ।