× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-१३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण देशको धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

    आज दिउँसो देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    यस्तै राती देशको सुदूर पश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भाग का केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।