× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा ३ संक्रमित थपियो, निको हुने संख्या २४

    ३ वर्ष पहिले

    फागुन-१४, चितवनमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिदा २४ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा ३ जना र १३ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएको मध्ये भरतपुर महानगरपालिकाको १, माडी नगरपालिकामा २ र अन्य पालिकामा शुन्य गरि जम्मा ३ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्य १ सय २९ जना रहेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ८७,खैरहनी नगरपालिकाको ५, माडी नगरपालिकाको १०, रत्ननगर नगरपालिकाको १८, राप्ती नगरपालिकाको ५, कालिका नगरपालिकाको ५ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ६ जना विभिन्न अस्पतालको आइसोलेसनमा र १ सय २३ जना घरको आइसोलेसनमा रहेका छन्।