× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ सय ५५ संक्रमित थपिए, निको हुनेको संख्या ५४०

    ३ वर्ष पहिले

    फागुन-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ८० जना पुगेको छ ।

    २४ घण्टामा २ हजार २ सय ३९ जनाको पिसिआर परीक्षण गर्दा १ सय १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ९ हजार ९ सय ५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ९ सय १३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ५६ हजार ६ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ३९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार ५ सय ७८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ६१ जना रहेको छ।

    २४ घण्टामा ५ सय ४० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५५ हजार ९ सय ९८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.६५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९२ जना र भेन्टिलेटरमा १४ जनाको उपचार भईरहेको छ।