× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमसीसीको विरोधमा भोलि फागुन १६ गते नेपाल बन्दको घोषणा

    ३ वर्ष पहिले

    फागुन-१५, विप्लव नेतृत्वको नेकपासहित अन्य साना ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले भोलि नेपाल बन्दको आह्वान गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा फागुन १६ गते सोमबार नेपाल बन्द गर्ने निर्णय गरेका हुन् ।

    नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरिरहेको ती दलहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

    एमसीसीको विरोध गर्दै आएको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णय गरेपछि आजै एमसीसी पास हुने भएको हो ।