३ वर्ष पहिले
फागुन-१६, चितवनमा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिएका छन् भने २५ जना संक्रमित निको भएको छ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १५० पिसिआर परीक्षण हुँदा १ र ५० एन्टीजेन परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ।कोरोना पुष्टि भएको १ जना भरतपुर महानगरपालिकाको रहेको छ ।
चितवनमा सक्रिय संक्रमितको संख्य ७८ जना रहेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ५१ ,खैरहनी नगरपालिकाको ४, माडी नगरपालिकाको ८, रत्ननगर नगरपालिकाको ७, राप्ती नगरपालिकाको ५, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।
सक्रिय संक्रमित मध्ये ४ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ७४ सय जना घरको आइसोलेसनमा रहेका छन्।