× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिए, निको हुनेको संख्या ४००

    ३ वर्ष पहिले

    फागुन-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ३ सय ७१ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार २ सय १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख २१ हजार ६ सय ९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार १ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ६२ हजार ९ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार २१ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय १४ जना रहेको छ।

    २४ घण्टामा ४ सय जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५६ हजार ८ सय १३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.६१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८० जना र भेन्टिलेटरमा ६ जनाको उपचार भईरहेको छ।