३ वर्ष पहिले
फागुन-१७, चितवनमा पछिल्लो २४ घण्टामा २ जना संक्रमित थपिएका छन् भने ११ जना संक्रमित निको भएको छ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १४० पिसिआर परीक्षण हुँदा २ र २६ एन्टीजेन परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ।कोरोना पुष्टि भएको २ जना भरतपुर महानगरपालिकाको रहेको छ ।
चितवनमा सक्रिय संक्रमितको संख्य ७९ जना रहेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ४२ ,खैरहनी नगरपालिकाको ४, माडी नगरपालिकाको ८, रत्ननगर नगरपालिकाको ७, राप्ती नगरपालिकाको ५, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।
सक्रिय संक्रमित मध्ये ३ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ६६ सय जना घरको आइसोलेसनमा रहेका छन्।