× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ सय ५७ संक्रमित थपिए, निको हुनेको संख्या ३५४

    ३ वर्ष पहिले

    फागुन-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ५ सय २९ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार ४ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ९२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख २६ हजार ६७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ४६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ६५ हजार ४० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ७३ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९८ जना रहेको छ।

    २४ घण्टामा ३ सय ५४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७५ जना र भेन्टिलेटरमा ८ जनाको उपचार भईरहेको छ।