× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    युक्रेन-रुस युद्धमा एक भारतीय विद्यार्थीको मृत्यु

    ३ वर्ष पहिले

    युक्रेनको खर्किभ शहरमा भएको गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको विभिन्न स्रोतबाट खबर प्राप्त भएको छ । मंगलबार बिहान भएको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएका भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्टि गरेका छन् । युक्रेनमा मृत्यु हुने विद्यार्थी कर्नाटकका नवीन शेखरप्पा रहेको मुख्यमन्त्री बासवराज बोम्मईले पुष्टि गरेका छन् । नवीन एमबीबीएस चौथो वर्षका विद्यार्थी रहेको बेंगलुरु सेन्ट्रलबाट प्रतिनिधित्व गर्ने बीजेपी सांसद पीसी मोहनले जानकारी दिएका छन् । मुख्यमन्त्री बोम्मईले नवीनको शव भारत ल्याउनका लागि विदेश मन्त्रालयका अधिकारीसँग आफूले कुरा गरिरहेको बताएका छन् । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धारका लागि ‘अप्रेसन गंगा’ चलाइरहेको छ । युक्रेनका विभिन्न छिमेकी मुलुकमा आफ्ना नागरिकलाई ल्याएर त्यहाँबाट भारतले ‘एयर लिफ्ट’ गर्दै आएको छ । भारतले आफ्ना चारजना केन्द्रीय मन्त्रीहरुलाई पनि उद्धार कार्यमा युक्रेनका छिमेकी मुलुकहरुमा पठाएको छ । उद्धार कार्यमा वायु सेनालाई पनि परिचालन गरेको छ ।