× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा पहिलो पटक स्काई रोप साइक्लिङ्ग सञ्चालनमा

    ३ वर्ष पहिले

    नेपालमा पहिलो पटक स्याई रोप साइक्लिङ्ग सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग अन्तरगत धादिङ्गको मलेखु नजिकै मालिङ्गामा त्रिशुली रिभरसाइड रिसोर्टले स्काई रोप साइक्लिङ्ग सञ्चालनमा ल्याएको हो । त्रिशुली नदी वारपार गर्न सकिने गरी स्काइ रोप साइक्लिङ्ग तयार भएको रिसोर्टका सञ्चालन उद्धव कँडेलले बताए । ३५० मिटरको लम्बाइमा रहेको उक्त स्काइ रोपमा जोडि एकै साथ साइक्लिङ्ग गर्न सकिने गरी निर्माण भएको र यो नै नेपालको पहिलो रोप साइक्लिङ्ग भएको सञ्चालक कँडेलले बताए । साइक्लिङ्ग गर्न प्रति व्यक्ति १ हजार रुपैया र फोटो भिडियो बनाएको थप ५ सय शुल्क लिने गरेको उन्ले बताए । ¥याफ्टिङ, कायकिङ, क्यानोनिङ समेत सन्चालन गर्दै आइरहेको रिसोर्टले त्रिशुली नदी वारपार गर्ने गरि जिपलाइन समेत निर्माण गरेको छ । आगामी दिनमा अन्य एडभेन्चर गतिविधि थप्दै लगिने समेत कँडेलले बताए ।