× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    केहीबेर अघि पशुपतिनाथ मन्दिरकाे पुलले भार थाम्न नसकेर भाचियो, १ को उद्धार ।

    ३ वर्ष पहिले

    केही बेर अघि अत्यधिक भीडका कारण पशुपतिनाथ मन्दिर स्थित रहेको बागमती पुल भत्किँदा एक जना घाइते भएका छन् । पशुपति दर्शन गर्न गएका ३० वर्षीय राजन ओली घाइते भएका छन् । शिवरात्रिका अवसरमा मंगलबार साँझ बागमती नदीमाथि बनेको पुलमा मानिसहरूको धेरै भीड लागेको थियो । भीडका कारण पुलका पर्खाल भत्केर केही भक्तालुहरू नदीमा खसेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए । उनका अनुसार निकै पुरानो पुलले मानिसहरूको अत्यधिक चापलाई थेग्न नसकेर दुर्घटना भएको हो ।