× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सभापति पदका लागि श्रेष्ठ र खनाल बीच आज दोस्रो चरणको मतदान हुने

    ३ वर्ष पहिले

    २१ फागुन, चितवन
    नेपाली कांग्रेस चितवनको सभापति पदका लागि भएको निर्वाचनमा विजेताले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पुन: दोस्रो चरणको मत हुने भएको छ । पहिला चरणको मतदानबाट सबैभन्दा बढी मत ल्याएका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठ बीच दोस्रो चरणको मतदान हुन लागेको हो ।

    खनालको पक्षमा सर्वाधिक ७ सय ४६ मत र श्रेष्ठको पक्षमा ६ सय ६२ मत खसेको थियो । त्यस्तै उक्तम जोशीको ४ सय ७२, डा. सूर्यकान्त घिमिरेको ४ सय २६ र कैलाश कोइरालाको ४ सय १२ मत रहेको थियो । राति ११ बजे देखि शुरु गरिएको सभापति पदको गणनाको अन्तिम परिणाम विहान ३ बजे सार्वजनिक भएको थियो ।

    दोस्रो चरण मतदान आज १२ः३० देखि ४ बजे सम्म हुने जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र प्रसाद अधिकारीले जनाएका छन् । श्रेष्ठ शेरबहादुुर र खनाल शेखर कोइराला पक्षधरका नेता हुन् ।